योगेश भट्टराई भन्छन्- सर्वोच्चको फैसला स्वागतयोग्य, सम्मान गरौँ
एमाले सचिव तथा माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । र, त्यसको सम्मान गर्न आम पार्टी पंक्तिमा आह्वान गरेका छन्।
काठमाडौं, असार २८ : एमाले सचिव तथा माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । र, त्यसको सम्मान गर्न आम पार्टी पंक्तिमा आह्वान गरेका छन् ।
भट्टराईले संयम र धैर्य अपनाउन पनि पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।
‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनःस्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्छु । बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरूमा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान गर्छु,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो भएको १० बुँदे सहमतिलाई इमानदारिताका साथ कार्यान्वयन गर्दै नेकपा एमाले संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने विश्वास व्यक्त गर्छु ।’
प्रकाशित मिति: १४:३७ बजे, सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











