Kathmandu Press

एमालेको दाबी- सर्वोच्चको फैसला संविधानको मर्मसँग बाझिन्छ

सर्वोच्च अदालतको फैसला संविधानको मर्मसँग बाझिएको प्रतिक्रिया सत्तारुढ एमालेले दिएको छ।
एमालेको दाबी- सर्वोच्चको फैसला संविधानको मर्मसँग बाझिन्छ
फाइल तस्वीर।

काठमाडौं, असार २८ : सर्वोच्च अदालतको फैसला संविधानको मर्मसँग बाझिएको प्रतिक्रिया सत्तारुढ एमालेले दिएको छ ।

एमालेको सत्तारुढ पक्षका प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौं प्रेससँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘यो नेपालको संविधानको मुल मर्म, यसको जग, यसको संरचनालाई यो फैसलाले ठूलो धक्का पु¥याएको छ,’ ज्ञवालीले भने, ‘यसको जग भनेको शक्ति पृथकीकरण हो, राज्यका तीनवटा अंगबीचको नियन्त्रण र शक्ति सन्तुलनबाट लोकतन्त्र चल्ने हो । हामीले अवलम्बन गरेको प्रणाली र हामीले ७० वर्षदेखि गरेको संघर्ष बहुदलीय व्यवस्थाका निम्ति दलहरू जनताबाट निर्वाचित हुने र जनताको विश्वास पाएको दलले राज्य सञ्चालन गर्ने दलीय प्रणाली र सरकार बन्ने थलो संसद् र संसद्को स्ट्रेन्थका आधारमा त्यो घोषणा गर्ने काम राष्ट्रपतिको हो । यी सबै काम गर्ने संविधानका जुन मुल मर्म हुन्, ती सबैसँग यो फैसला पूर्ण रूपले बाझिन्छ ।’

सर्वोच्चको फैसलाको पूर्णपाठ हेरेपछि मात्र यसबारे थप टिप्पणी गर्न सकिने ज्ञवालीले बताए । ‘के तर्कका आधारमा न्यायमूर्तिहरूले यो फैसला गर्नुभयो भन्ने पूर्णपाठ आएपछि मात्र भन्न सकिएला । तर, परिणामका हिसाबले पनि र संविधानको मर्मका हिसाबले पनि संविधानको मर्म, भावना, संरचना र हामीले अवलम्बन गरेको प्रणालीभन्दा विलकुल पृथक छ,’ ज्ञवालीले दोहोर्‍याए ।
 

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्