Kathmandu Press

प्रतिगमन परास्त भो : जनार्दन शर्मा

काठमाडौं, असार २७ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ । सर्वोच्चको यो फैसलासँगै विभिन्न प्रतिक्रियाहरू आउन थालेका छन्।यसैबीच नेकपा माओवादी केन्द्रका नेता...
प्रतिगमन परास्त भो : जनार्दन शर्मा

काठमाडौं, असार २८ :सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ । सर्वोच्चको यो फैसलासँगै विभिन्न प्रतिक्रियाहरू आउन थालेका छन्।

यसैबीच नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभा पुनःस्थापना भएको विषयमा प्रतिक्रिया दिँदै प्रतिगमन परास्त भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा शर्माले लेखेका छन्, ‘प्रतिगमन परास्त भो !’

सर्वोच्चले आज(सोमबार) प्रतिनिधिसभा पुनःस्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।

प्रकाशित मिति: १३:५७ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्