धारा ७६ (५) मा दलको ह्विप लाग्दैनः सर्वोच्च
संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्दा सांसदहरूलाई दलको ह्विप नलाग्ने सिद्धान्त सर्वोच्च अदालतबाट प्रतिपादन भएको छ ।
काठमाडौं, असार २८ : संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्दा सांसदहरूलाई दलको ह्विप नलाग्ने सिद्धान्त सर्वोच्च अदालतबाट प्रतिपादन भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सघाएका कुनै सांसदलाई पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारवाही नगर्न सर्वोच्चले परमादेश पनि जारी गरेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रतिनिधिसभाका १४६ जना सांसदले दायर गरेको रिटमाथि फैसला सुनाउँदै सर्वोच्चले उक्त सिद्धान्त प्रतिपादन गरेको हो ।
कांग्रेस सभापति देउवालाई एमालेका २६ र जसपाका १२ सांसद्ले समर्थन गरेका थिए।
यो फैसलासँगै संविधानको धारा ७६ (५) को प्रयोगले स्पष्टता प्राप्त गरेको छ ।
प्रकाशित मिति: १३:५५ बजे, सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











