Kathmandu Press

देउवालाई मंगलबार साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश

सर्वोच्च अदालतको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ।
देउवालाई मंगलबार साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश

काठमाडौं, असार २८ : सर्वोच्च अदालतको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले आदेश दिएको हो ।

देउवासहितका १४९ जना सांसदले प्रस्तुत गरेका वैकल्पिक सरकारको दाबी अस्वीकृत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा ८ मंसिर बिहानीपख प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

विपक्षी गठबन्धनको दाबी अस्वीकृत गर्दै राष्ट्रपतिको कदम संवैधानिक नदेखिएको सर्वोच्चले स्पष्ट गरेको छ ।
 

प्रकाशित मिति: १३:४० बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्