Kathmandu Press

६ हजार ७ सय कामदारले मात्रै कोरिया जान पाउने

काठामाडौं, असार १९ : कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीमध्ये ६ हजार सात सय जनाले मात्रै कोरिया जान पाउने भएका छन्।

सन् २०२० मा र....

६ हजार ७ सय कामदारले मात्रै कोरिया जान पाउने

काठामाडौं, असार १९ : कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीमध्ये ६ हजार सात सय जनाले मात्रै कोरिया जान पाउने भएका छन्।

सन् २०२० मा रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया जानका लागि ८४ हजारभन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए। जसमा १२ हजार नौ जनामात्रै उत्तीर्ण भएका छन्। उनीहरूमध्ये पनि आधाले मात्रै कोरिया जान पाउने भएका हुन्।

कोरियाको मानव संशाधन केन्द्रले ६ हजार सात सय श्रमिकको मात्रै रोस्टर (दर्ता) गर्ने जानकारी गराएको ईपीएस शाखाले जानएको छ। ‘सीप परीक्षाका लागि कोरियाको एचआरडीले ६ हजार सात सयको मात्र नाम रोस्टरमा चढाउन परिपत्र गरेको छ,’ शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले काठमाडौं प्रेससँग भने।

Hardik ivf

अब ईपीएस शाखाले त्यही अनुसार, कोरियन भाषा परीक्षा उत्तीर्ण परीक्षार्थीमध्ये सीप परीक्षण गरेर सूचि तयार गर्नेछ। ‘पास भएका परीक्षार्थीको अन्तर्वार्ता, सम्बन्धित क्षेत्रको दक्षता, शरीरको तौल, कामको क्षमताको आधारमा छनोट हुने छन्,’ भण्डारीले भने।

भाषा उत्तीर्ण गरेका परीक्षार्थीले सीप परीक्षणमा सहभागी हुन असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्नु पर्नेछ। त्यसपछि भदौ ४ गतदेखि सीप परीक्षा हुनेछ। त्यसको नतिजा असोज १३ गते प्रकाशित हुने ईपीएस शाखाले जनाएको छ।

सन् २०२० का लागि सञ्चालित ईपीएस परीक्षामा औद्योगिक क्षेत्रमा नौ हजार एक सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार आठ सय ७६ जना परीक्षार्थी उत्तीर्ण भएका  छन्।

एचआरडीले भने औद्योगिक क्षेत्रका लागि चार हजार सात सय र कृषिका लागि दुई हजार जनालाई लिने ईपीएस शाखालाई जानकारी गराएको छ।

सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार आठ सय ६६ जनामध्ये सात हजार नौ सय ९६ जना परीक्षार्थी उत्तीर्ण  भएका थिए ।

कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेको थियो। त्यसयता विभिन्न क्षेत्रमा रोजगारीका लागि ५९ हजार ६ सय ९८ नेपाली कामदार कोरिया गएका छन्।

प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, असार १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्