Kathmandu Press

पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

चितवन, असार २८ : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध बनेको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा...
पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

चितवन, असार २८ : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध बनेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो।

अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ।

यसअघि पनि पहिरोका कारण यो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ।

 

प्रकाशित मिति: ०७:४७ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्