Kathmandu Press

प्रतिनिधिसभा विघनटविरुद्धको मुद्दाको आज पेसी, फैसला आउनसक्ने

काठमाडौं, असार २८ : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ। आजै फैसला आउनसक्ने सम्भावना रहेको छ।यस मुद्दामा दुवै पक्षको असार...
प्रतिनिधिसभा विघनटविरुद्धको मुद्दाको आज पेसी, फैसला आउनसक्ने

काठमाडौं, असार २८ : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। आजै फैसला आउनसक्ने सम्भावना रहेको छ।

यस मुद्दामा दुवै पक्षको असार २१ गते बहस सकिएको थियो। त्यसपछि संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले असार २८ गतेका लागि हेर्दाहेर्दैमा राखिएको जानकारी दिएका थिए।

यसअघि पनि प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्चमा मुद्दा परेको थियो। त्यसमा पनि बहस सकिएपछि प्रधानन्यायाधीश जबराले हेर्दाहेर्दैमा राखिएको बताएका थिए। बहस सकिएपछि पेसी तोकिएकै दिन फैसला आएको थियो। त्यसैले आज फैसला आउनसक्ने सम्भावना रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्। उनले कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन्।

यसका विरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसद सर्वोच्च अदालत पुगेका थिए। उनीहरुले प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्नका लागि आदेश माग गरेका छन्।

 

प्रकाशित मिति: ०७:४३ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्