Kathmandu Press

डोनारुमा सर्वोत्कृष्ट खेलाडी, रोनाल्डोलाई गोल्डेन बुट

काठमाडौं, असार २८ : इटालीका गोलपिकर जियानलुइजी डोनारुमा युरोकपको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।५३ वर्षपछि इटालीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका डोनारुमा युरो पकको...
डोनारुमा सर्वोत्कृष्ट खेलाडी, रोनाल्डोलाई गोल्डेन बुट

काठमाडौं, असार २८ : इटालीका गोलपिकर जियानलुइजी डोनारुमा युरोकपको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

५३ वर्षपछि इटालीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका डोनारुमा युरो पकको सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। फाइनलमा इग्ल्यान्डविरुद्ध २ पेनाल्टी रोक्दै उनले उपाधि दिलाएका थिए।

डोनारुमाले फाइनलमा मात्र होइन, प्रतियोगिताभरि नै उत्कृष्ट प्रर्दशन गरेका थिए। क्वार्टरफाइलनमा बेल्जियमविरुद्ध र सेमिफाइलनमा स्पनेविरुद्धको उनको प्रदर्शन अझ विशेष थियो। उनले स्पनेविरुद्ध पनि १ पेनाल्टी रोकेका थिए।

प्रतियोगितामा सात खेल खेल्दा उनले तीन क्लिसिट राखे भने ४ गोल मात्र खाए।

यसैगरी पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले १६औं संस्करणको युरो कपको गोल्डेन बुट जितेका छन्। प्रतियोगितमा ५ गोल गर्दै रोनाल्डोले युरो कपको गोल्डेन बुट जितेका हुन्। रोनाल्डोले ३६० मिनेट मैदान बिताउँदा ५ गोल र १ अस्सिट गरेका थिए।

गोल्डेन बुटका रेसमा चेक रिपब्लिकका प्याट्रिक सिकले दोस्रो स्थानमा रहे। उनले ५ खेलमा ५ गोल गरेका थिए। तर, कम खेलमा ५ गोल गरेका आधारमा रोनाल्डोले गोल्डेनबुट जिते।

रोनाल्डो सर्वाधिक गोलकर्ता बने पनि उनको टिम अन्तिम १६बाटै बाहिरिएको थियो। अन्तिम १६ मा पोर्चुगल बेल्जियमसँग १–० ले पारजित भएको थियो। रोनाल्डोले पाँचै गोल समूह चरणमा गरेका थिए।

उनले हंगेरी र फ्रान्सविरुद्ध समान २ गोल गरेका थिए भने जर्मनीविरुद्ध एक गोल गरेका थिए।

प्रकाशित मिति: ०७:०६ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्