एमाले कार्यदलबीच १० बुँदे सहमति, ओली र नेपालबीच सहमति हुन बाँकी
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलबीच १० बुँदे सहमति भएको छ ।
काठमाडौं, असार २७ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलबीच १० बुँदे सहमति भएको छ ।
आइतबार राति दुवै पक्षका नेताहरू रहेको कार्यदलले १० बुँदे सहमति भएको जनाएका छन् । तर उक्त सहमतिमा ओली र नेपालले भने अनुमोदन गरिसकेका छैनन् । कार्यदलले तया गरेको सहमति दुवै नेताहरूलाई बुझाउने उनीहरूले बताएका छन्।
कार्यदलमा भएको सहमतिअनुसारको महत्वपूर्ण बुँदा नम्बर ६ लाई मानिएको छ । सोही बुँदाका कारण आइतबार नै सहमति घोषणा गर्नुपर्ने दबाबमा कार्यदल परेको बुझ्न सकिन्छ । उक्त बुँदामा भनिएको छ, 'प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णयअनुरूप हामी अगाडि बढ्ने छौँ।'
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार फैसला आउने आकलन गरिँदै आएको छ ।
कार्यदलबीच भएकाे सहमति












