Kathmandu Press

स्याङ्जा र गोरखाका पाँच जनामा भेटियो डेल्टा भेरियन्ट 

काठमाडौं, असार २७ : स्याङ्जा र गोरखाका पाँच जनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको छ।गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार जेठ ३१ गते...
स्याङ्जा र गोरखाका पाँच जनामा भेटियो डेल्टा भेरियन्ट 

काठमाडौं, असार २७ : स्याङ्जा र गोरखाका पाँच जनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार जेठ ३१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँचका लागि पठाइएको पाँच नमूनामा डेल्टा (बि.१.६१७.२) भेरियन्ट पुष्टि भएको हो।

निर्देशनालयका अनुसार डेल्टा भेरियन्ट पुष्टि हुनेहरुमा कालिगण्डकी गाउँपालिका स्याङ्जाका १४ र ६० वर्षका पुरुष र गोरखाको बारपाक मुलिकोट गाउँपालिकाका ७०,२२ र ४० वर्षिय महिला रहेका छन्।

यो भेरियन्ट पहिलो अल्फा भेरियन्टभन्दा बढी संक्रामक हुने भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अनाउन निर्देशनालयले अनुरोध गरेको छ।

प्रकाशित मिति: २०:३२ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्