नेकपा एमालेको स्थायी कमिटी वैठक स्थगित
काठमाडौं, असार २७ : आइतबारका लागि बोलाइएको नेकपा (एमाले) को स्थायी कमिटी स्थगित भएको छ ।चार बजे बालुवाटारमा बोलाईएको बैठक भोलि (सोमबार) सम्मका...
काठमाडौं, असार २७ : आइतबारका लागि बोलाइएको नेकपा (एमाले) को स्थायी कमिटी स्थगित भएको छ ।
चार बजे बालुवाटारमा बोलाईएको बैठक भोलि (सोमबार) सम्मका लागि स्थगित गरिएको हो । यद्यपी, स्थगित गरिएको कारण भने खुलाइएको छैन ।
बैठकमा पूर्व माओवादी नेताहरूसहित माधव नेपाल पक्षका नेताहरूलाई पनि बोलाइएको थियो । नेताहरूले एमाले विवाद समाधानका लागि बनाइएको कार्यदल बैठकमा सहमति भइसकेको बताएका छन् ।
प्रकाशित मिति: १९:२७ बजे, आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











