Kathmandu Press

सर्पले डसेर ९ वर्षीय बालकको मृत्यु

सिलगढी, असार १९ : डोटीको केआई सिंह गाउँपालिकामा सर्पले डसेर एक बालकको मृत्यु भएको छ।

केआई सिंह गाउँपालिका–२ तिखात्तरका नौ वर्षीय झकेन्....

सर्पले डसेर ९ वर्षीय बालकको मृत्यु

सिलगढी, असार १९ : डोटीको केआई सिंह गाउँपालिकामा सर्पले डसेर एक बालकको मृत्यु भएको छ।

केआई सिंह गाउँपालिका–२ तिखात्तरका नौ वर्षीय झकेन्द्रबहादुर बोगटीलाई आज बिहान आगमै सर्पले डसेको हो। सर्पले डसेपछि उनलाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पताल लगिएको थियो।

उनको उपचारका क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई ढिलो गरी अस्पताल ल्याइएकाले बचाउन नसकिएको अस्पतालका डा.ललित लिम्बूले बताए।

‘सर्पले डसेका बिरामीलाई तत्कालै अस्पताल लैजानुपर्छ भन्ने ज्ञान रहेनछ,’ डा.लिम्बूले भने ‘अझै गाउँमा झारफुक गर्ने बानीका कारण बिरामी मर्ने गरेको पाइयो।’

हिजो मात्रै शिखर नगरपालिका–२ कालागाढकी ४२ वर्षीया जमुनादेवी कार्कीको पनि सर्पले डसेर मृत्यु भएको थियो। उनलाई पनि समयमै अस्पताल नपुर्‍याउदा मृत्यु भएको चिकित्सकले बताएका छन्।

प्रकाशित मिति: १२:१९ बजे, बिहीबार, असार १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्