Kathmandu Press

मूल्यवृद्धिविरुद्ध आन्दोलित विद्यार्थी संगठनलाई निगमले वार्तामा बोलायो

काठमाडौं, असार २७ : नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलित विद्यार्थी संगठनहरूलाई वार्तामा बोलाएको छ।आज (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले...
मूल्यवृद्धिविरुद्ध आन्दोलित विद्यार्थी संगठनलाई निगमले वार्तामा बोलायो

काठमाडौं, असार २७ : नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलित विद्यार्थी संगठनहरूलाई वार्तामा बोलाएको छ।

आज (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले भोलि (सोमबार) दिउँसो १ बजेका लागि निगमको केन्द्रीय कार्यालय बबरमहलमा छलफलका लागि ती विद्यार्थी संगठनहरूलाई बोलाएको हो। 

गत बिहीबार संयुक्त विद्यार्थी संगठनको तर्फबाट निगमलाई बुझाइएको ज्ञापनपत्रका विभिन्न वस्तुहरु उपर छलफलका लागि बोलाइएको निगमले जनाएको छ। कोरोना महामारीका कारण थोरैजनाको संख्यामा छलफलमा सहभागी हुन पनि निगमले आग्रह गरेको छ।

निगमले गत साता पेट्रोल र डिजेलको मूल्य बढाएको थियो। निगमले खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बृद्धि गरेको थियो। त्यसैको विरोधमा विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन्।

बिहीबार नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि ७२ घन्टाभित्र फिर्ता लिन माग गरेका थिए।

सो अवधिभित्र आफ्ना माग पूरा नभएको भन्दै आज पत्रकार सम्मेलन गरेर ती विद्यार्थी संगठनहरूले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

घोषित कार्यक्रमअनुसार उनीहरूले असार २८ गते नेपाल आयल निगमका गाडी चल्न नदिने भएका छन्।

यसैगरी असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरूलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने पनि विज्ञप्तिमार्फत विद्यार्थी संगठनहरूले जानकारी दिएका छन्।

असार ३० मा देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने घोषणा पनि उनीहरूले गरेका छन्।

प्रकाशित मिति: १८:१५ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्