Kathmandu Press

त्रिदेशीय कप विजेता नेपाली टिमलाई सरकारको सम्मान

काठमाडौ, असार २७ : गत चैतमा सम्पन्न त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई सरकारले सम्मान गरेको छ।प्रधानमन्त्री निवास वालुवाटारमा...
त्रिदेशीय कप विजेता नेपाली टिमलाई सरकारको सम्मान

काठमाडौ, असार २७ : गत चैतमा सम्पन्न त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई सरकारले सम्मान गरेको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा एककार्यक्रम आयोजना गार्दै प्रधानमन्त्री केपी ओलीले त्रिदेशीय कप विजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरे।

सरकारले विजेता नेपाली टोलीका सदस्यलाई जनही ४ लाखरुपैयाँसहित सम्मान गरेको छ। प्रतियोगिता जितेलगत्तै मन्त्तिपरिषद् बैठकले नगद पुरस्कार दिने घोषणा गरेपनि ३ महिना ढिलाका गरी सरकारले खेलाडीलाई सम्मान गरेको हो।

गत चैतमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले त्रिदेशीय कप उपाधि जितेको थियो।

प्रकाशित मिति: १५:२२ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्