Kathmandu Press

पाँच विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध थप कार्यक्रम घोषणा

काठमाडौं, असार २७ : विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध आन्दोलनको घोषणा गरेका छन्।आज (आइतबार) संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरूले मूल्यवृद्धि...
पाँच विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध थप कार्यक्रम घोषणा

काठमाडौं, असार २७ : विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध आन्दोलनको घोषणा गरेका छन्।

आज (आइतबार) संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरूले मूल्यवृद्धि फिर्ताका लागि ७२ घन्टाको अल्टिमेटम दिए पनि पूरा नभएकाले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

नेपाल विद्यार्थी संघका राजीव ढुंगाना, अखिल (क्रान्तिकारी) का रञ्जित तामाङ, अनेरास्ववियुका सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका रूपनारायण श्रेष्ठ, अखिल (छैटौं) का विमल पोखरेलले बिहीबार नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै लकडाउने आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि ७२ घन्टाभित्र फिर्ता लिन माग गरेका थिए।

आज उनीहरूद्वारा सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रममा असार २८ गते नेपाल आयल निगमका गाडी चल्न नदिने बताइएको छ।

यसैगरी असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरूलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने पनि विज्ञप्तिमार्फत विद्यार्थी संगठनहरूले जानकारी दिएका छन्।

असार ३० मा देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने घोषणा पनि उनीहरूले गरेका छन्। 

प्रतिनिधिसभा विघटनविरुद्ध समेत आन्दोलन गदैृ आएका ति विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास पनि व्यक्त गरेका छन्। 

उनीहरूले एसइई तथा कक्षा ११ र १२ को परीक्षामा देखिएको समस्याबारे राष्ट्रिय परीषा बोर्डको पनि ध्यानाकर्षष गराएका छन्।् त्रिभुवन विश्वविद्यालयले आफूहरूको मागप्रति बेवास्ता गरिरहेको पनि उनीहरूले वित्रप्तिमा उल्लेख गरेका छन्।

हिमालय रिइन्सुरेन्स दर्तामा एक अर्बको चलखेल भएकोप्रति पनि उनीहरूले प्रश्न उठाएका छन्। नेपाल वायुसेवा निगमको निजीकरण प्रयासविरुद्ध त्यहाँका कर्मचारीले थालेको आन्दोलन तथा धरानस्थित बिपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधानार्थ त्यहाँका स्वास्थ्यमकर्मीले गरिरहेको संघर्षमा पनि पाँच विद्यार्थी संगठनले ऐक्यबद्धता जनाएका छन्।   

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्