Kathmandu Press

म ओली र नेपाल समूह कतैतिर लागेको छैन, तटस्थ छु : उपाध्यक्ष गौतम

काठमाडौं, असार २७ : एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विवादका सन्दर्भमा आफू कुनै समूहतिर नलागेको स्पष्ट पार्दै पहिलाजस्तै तटस्थ भूमिकामा रहेको दाबी गरेका...
म ओली र नेपाल समूह कतैतिर लागेको छैन, तटस्थ छु : उपाध्यक्ष गौतम

काठमाडौं, असार २७ : एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विवादका सन्दर्भमा आफू कुनै समूहतिर नलागेको स्पष्ट पार्दै पहिलाजस्तै तटस्थ भूमिकामा रहेको दाबी गरेका छन्। 

आज (आइतबार) राष्ट्रियसभाको बैठकमा बोल्दै एमाले जेठ २ को अवस्थामा पुगिसकेकाले केन्द्रीय कमिटी बैठकमा सहभागी भएको तर प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीतिर नढल्किएको बताए। धेरै मानिसले वामदेवले ओलीलाई साथ दियो भनिरहेको भए पनि त्यो कुरा सही नभएको उनको भनाइ थियो।

‘एमालेको एक सदस्य भएकाले केन्द्रीय कमिटी बैठकमा मैले भाग लिएको हुँ,’ गौतमले भने, तर म कुनै समूहतिर गएको होइन। एमाले भएको प्रमाण पेस गर्न म बैठकमा सहभागी भएको हुँ ।’

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाले  आउनेबित्तिकै पार्टी एकढिक्का हुने दाब िपनि उनले गरे। पार्टीको आन्तरिक विवाद समाधानकालागि गठित कार्यदलले त्यसअघि नै सहमति जुटाउन सके झनै राम्रो हुने धारणा उनले राखे।

कार्यदललले आज (आइतबार) ८ बजे खुसीको खबर दिने भने पनि त्यसो हुन नसकेको तर भरेसम्म खुसीको खबर आओस् भन्ने कामना पनि उनले गरे। सोही सन्दभृमा उनले खुसीको खबर सर्वोच्चको निर्णय पछि मात्र आउने भनेर भन्दै आएको बताए।

उनले पछिल्लो समय भएका एकपछि अर्को अराजनीतिक क्रियाकलाप, संविधान नियमहरु कुल्चिने काम शिर निहुराउनुपर्ने अवस्था सिर्जना भएको पनि उल्लेख गरे। पार्टी विवाद समाधानका लागि आफूले भूमिका निर्वाह गर्न नसकेकोप्रति उनले निराशा पनि प्रकट गरे।

उपाध्यक्ष गौतमले  संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्ने व्यवस्था राख्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रधानमन्त्री चयन गर्ने अधिकार राष्ट्रिय सभालाई दिइयो बजेट पनि राष्ट्रिय सभामा पेस हुन सक्ने बताए।

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्