Kathmandu Press

एक महिनापछि मनाङे र आचार्यले पाए मन्त्रालयको जिम्मेवारी

एक महिनापछि मनाङे र आचार्यले पाए मन्त्रालयको जिम्मेवारी

पोखरा, असार २७ : गण्डकी प्रदेशका एक महिनासम्म विना विभागीय मन्त्री बनेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्री बनेको करिब एक महिनापछि उनीहरूलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् । 

आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । मनाङे अघिल्लो सरकारमा पनि खेलकुद मन्त्री बनेका थिए । दुवै जना मन्त्रीले पदभार ग्रहण पनि गरिसकेका छन् ।

योसँगै गण्डकीमा चार जना मन्त्रीको जिम्मेवारीको टुङ्गो लागेको छ । कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यसअघि नै पाइसकेका छन् ।

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्