Kathmandu Press

ओली–नेपाल अडानले कार्यदललाई सकस, सहमतिको दस्तावेज सार्वजनिक हुनमा ढिलाइ

काठमाडौं, असार २७ : एमाले आन्तरिक विवाद मिलाएर एकता कायम गर्न गठित कार्यदलको बैठक गत सोमबारयता हरेक दिनजसो बस्दै आएको छ। कार्यदलको शुक्रबार र...
ओली–नेपाल अडानले कार्यदललाई सकस, सहमतिको दस्तावेज सार्वजनिक हुनमा ढिलाइ

काठमाडौं, असार २७ : एमाले आन्तरिक विवाद मिलाएर एकता कायम गर्न गठित कार्यदलको बैठक गत सोमबारयता हरेक दिनजसो बस्दै आएको छ। कार्यदलको शुक्रबार र शनिबारको बैठकले सहमतिको मस्यौदा तयार पारेका थियो। आज आइतबार) सुखद समाचार दिने भनी कार्यदलका दुवै समूहका सदस्यहरूले बताएका थिए। 

कार्यदलमा सहमति जुटिसकेको भन्दै त्यसलाई अन्तिम रूप दिएर आज (आइतबार) बिहान ८ बजे सहमतिको दस्तावेज सार्वजनिक गर्ने भनिए पनि मस्यौदामा एमाले वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाएपछि तोकिएको समयमा त्यो सार्वजनिक हुन सकेन।
   
नेता नेपालले मस्यौदामा अदालतको फैसलालाई प्रभावित पार्ने किसिमको भाषा प्रयोग भएको बताएपछि सहमतिको साझा दस्तावेज सार्वजनिक हुनबाट रोकिएको जनाइएको छ।

नेता नेपालले आफूपक्षीय कार्यदलका सदस्यहरूसँग छलफल गरेर त्यसबारे जानकारी गराएका छन्। त्यसक्रममा उनले अदालतको फैसलालाई प्रभावित पार्ने गरी सम्झौता गर्न नसक्ने अडान राखे।

त्यसपछि फेरि सिंहदरबारमा बबसिरहेको कार्यदल बैठकले भाषालाई आवश्यक परिमार्जन गरेर मस्यौदालाई अन्तिम रुप दिने तयारी गरिरहेको बताइएको छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली समूहसँग आफ्नो समूहको माथिदेखि तलसम्म शक्ति सन्तुलन नमिलेकाने भनेर पनि नेता नेपालले असन्तुष्टि जनाएको बुझिएको छ।

कार्यदलले आवश्यक छलफल गरेर एउटा सहमति पहिल्याएर सिफारिस गर्ने भए पनि अध्यक्ष ओली र नेता नेपाल दुवैको चित्त नबुझेसम्म सहमतिले अन्तिम रूप लिने अवस्था देखिन्न।

नेपाल समूहका प्रायः नेता अध्यक्ष ओलीले विगतजस्तै फेरि पनि धोका दिने हो कि भन्नेमा सशंकित छन्। त्यसकारण हतारमा सहमति गर्न नहुने बुझाइ सो समूहको छ।

अध्यक्ष ओलीले पनि नेपाल समूहको मागमा सहमत जनाइनसकेको उनी पक्षधर एक नेताले बताए। नेपाल समूहले राखेको सरकार र पार्टी सञ्चालनमा दुवै समूहको सहमतिमा गर्नुपर्ने विषययबाट ओली हच्किएको बुझिएको छ।  

कार्यदलका सदस्यहरूले भने आजै सहमति गरेर हस्ताक्षर हुने दाबी गर्न छाडेका छैनन्। तर ओली-नेपाल आआफ्नै अडानमा अडिग हुँदा एकताका लागि भएको प्रयास विफल हुन सक्ने सम्भावनजा पनि उत्तिकै रहेका केही नेताहरू बताउँछन्।

प्रकाशित मिति: १३:५३ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्