महोत्तरीमा एक महिलाको शव गाडिएको अवस्थामा फेला
जनकपुरधाम, असार २७ : महोत्तरीकी एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । एक महिनादेखि बेपत्ता भएकी लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता...
जनकपुरधाम, असार २७ : महोत्तरीकी एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । एक महिनादेखि बेपत्ता भएकी लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव गाडिएको अवस्थामा भेटिएको हो । उनी जेठ २० गतेदेखि बेपत्ता थिइन् ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारका अनुसार उनको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको हो
शव फेला परेपछि यस विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सुजिताको हत्या आशंकामा प्रहरीले यसअघि १३ असारमा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।
प्रकाशित मिति: १३:४८ बजे, आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











