दीपक मनाङेलाई अबिर लगाएर नेकपामा स्वागत
पोखरा, असार १९ : गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेकपामा प्रवेश गरेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी स....

पोखरा, असार १९ : गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेकपामा प्रवेश गरेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले मनाङेलाई नेकपामा प्रवेश गराएका हुन्। उनले टीका लगाएर नेकपामा स्वागत गरे। मनाङेलाई नेकपाको विधान पनि हस्तान्तरण गरेका छन्।
मनाङेसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन्। मनाङेलाई नेकपामा स्वागत गरेपछि मुख्यमन्त्री गुरुङले नेकपाका जनताको पार्टी भएकाले अलमल नगरी यसमै आवद्ध हुनुपर्ने बताए।
तत्कालीन एमालेको सहयोगमा मनाङे मनाङबाट प्रदेश सभामा निर्वाचित भएका थिए। उनीविरुद्ध फौजदारी मुद्दा जारी छ। उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो। उनले निर्वाचित हुने बेला सपथ लिन पाएका थिएनन्।
उच्च अदालतकाे फैसलाविरुद्ध उनी सर्वोच्च अदातल पुगेका थिए। सर्वोच्चले थुनामा नबसी मुद्दा लड्न सक्ने भन्दै बाटो खोलिदिएको थियो। त्यसपछि उनले प्रदेशसभा सदस्यको सपथ लिएका थिए।











