एमालेका कारण गण्डकी प्रदेशसभा बैठक स्थगित, अपराह्न १ बजे फेरि बस्ने
पोखरा, असार २७ : प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । आज (आइतबार) बिहान ११ बजे सुरु...
पोखरा, असार २७ : प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । आज (आइतबार) बिहान ११ बजे सुरु भएको बैठक स्थगित भएको हो। आज दिउँसो १ बजे फेरि बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।
गण्डकी प्रदेश सरकारले कार्यकर्तालाई पोस्न करोडौं रुपैयाँ विनियोजन गरेको आरोप एमालेले लगाएको छ। त्यसबारे सत्यतथ्य बाहिर नआएसम्म बैठक सञ्चालन हुन नदिने अडान एमालेले राखेको छ।
एमालेका एक संसदले गण्डकी सरकारले आर्थिक वर्षको अन्त्यमा आएर कार्यकर्तालाई करोडौं रुपैयाँ बाँडेको बताए। त्यसरी रकम बाँडिनुको कारण स्पष्ट नपारेसम्म सम्म प्रदेशसभा बैठक सञ्चालन हुन नदिने उनको भनाइ छ।
सरकारबाट असार २३ मा उपभोक्ता समिति गठन गरेर योजना छनोट गर्ने र रकम विनियोजन गर्ने काम भएको दाबी एमालेको छ।
सरकारले ल्याएको बजेट सामान्य सहकारी र क्लबको जस्तो भएको र आर्थिक ऐन, आर्थिक नियमावली, सार्वजानिक खरिद, ऐन–नियमावलीअनुसार बजेट वितरणमा सरकार चुकेको आरोप एमालेले लगाएको छ।
एमालेले सर्वपक्षीय समिति बनाएर त्यसबारे छानबिन गर्नुपर्ने माग अघि सारेको छ।











