Kathmandu Press

अब कोरोना खोपको अभावमा तड्पिनु पर्दैन : प्रधानमन्त्री 

काठमाडौँ, असार २७ : प्रधानमन्त्री केपी ओलीले अब देशमा कोभिड १९ विरुद्धको खोप अभाव नहुने दाबी गरेका छन् । आइतबार बिहान वीर अस्पतालको नवनिर्मित भवनमा...
अब कोरोना खोपको अभावमा तड्पिनु पर्दैन : प्रधानमन्त्री 

काठमाडौँ, असार २७ : प्रधानमन्त्री केपी ओलीले अब देशमा कोभिड १९ विरुद्धको खोप अभाव नहुने दाबी गरेका छन् । 

आइतबार बिहान वीर अस्पतालको नवनिर्मित भवनमा बनाइएको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको उदघाटन  कार्यक्रममा बोल्दै उनले नेपालीले अब भ्याक्सिन अभावबाट तड्पिनु पर्ने अवस्था नआउने दाबी गरेका हुन् ।

‘भ्याक्सिन हामीले उपलब्ध गराएका छौं, भ्याक्सिन आइराख्या छ। हिजो कि अस्तीको दिन पनि भ्याक्सिन आयो,’ प्रधानमन्त्री ओलीले आज बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै भने, ‘भोलि पनि भ्याक्सिन आउँछ। त्यसपछि पनि निरन्तर भ्याक्सिन आउँछन्। भ्याक्सिन ल्याउने र जनतालाई उपलब्ध गराउने र गतिसाथ सकेसम्म ठूलो संख्यालाई भ्याक्सिन उपलब्ध गराउने कुरामा अभाव हुन नदिन हामी नयाँनयाँ सम्झौताका लागि सहमतिका प्रयास गरिराखेका छौं।’

प्रधानमन्त्री ओलीले भ्याक्सिन ल्याउन संवादहरू जारी राखेको पनि बताए।

‘अब जनतामा सचेतनाको पनि मात्रा बढेको छ। सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘लगभग यस वर्षको अन्त्यमा भ्याक्सिन लगाएर सक्ने गरी प्रयास गर्दैछौं। अब भ्याक्सिन अभावबाट तड्पिनु पर्ने अवस्था आउँदैन।’

निर्माण सम्पन्न भएको लामो समयपछि आज वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । सो भवनमा यसअघिदेखि नै कोरोना संक्रमितको उपचार भइरहेको थियो । आजबाटै वीर अस्पतालमा बनाइएको १०० शैय्याको आइसीयू पनि सञ्चालनमा ल्याइएको छ । वीरको नवनिर्मित सर्जिकल भवन १७ रोपनी क्षेत्रफलमा फैलिएको छ भने ७५० शैय्या रहने बताइएको छ ।

प्रकाशित मिति: १२:०७ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्