Kathmandu Press

युरोकप उपाधिका लागि इटाली र इंग्ल्यान्ड भिड्दै

काठमाडौं, असार २७ : युरोकप उपाधिका लागि दुई ठूला शक्ति राष्ट्र इटाली र इंग्यान्ड भिड्दै छन्। १४औं संस्करणको युरोकप युरोपका विभिन्न ११ सहरमा आयोजना...
युरोकप उपाधिका लागि इटाली र इंग्ल्यान्ड भिड्दै

काठमाडौं, असार २७ : युरोकप उपाधिका लागि दुई ठूला शक्ति राष्ट्र इटाली र इंग्यान्ड भिड्दै छन्। १४औं संस्करणको युरोकप युरोपका विभिन्न ११ सहरमा आयोजना भयो । इटाली र इंग्ल्यान्डबीचको फाइनल लन्डनस्थित वेम्बली स्टेडियममा आज राति १२ः४५ बजे हुने छ। 

वेम्वलीमा मैदान उत्रँदा दुवैको लक्ष्य उपाधिको खडेरी छोड्नु हुनेछ । इंग्ल्यान्ड ५५ वर्षदेखि उपाधिबिहीन छ भने इटाली ५३ वर्षपछि युरोकप र १५ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्न चाहन्छ । इंग्ल्यान्डले अन्तिम पटक १९६६मा विश्वकप उपाधि जितेको थियो भने इटालीले १९६९मा युरोकप र सन् २००६ मा विश्वकप उपाधि जितेको थियो।

फुटबलको सबैभन्दा पुरानो शक्ति राष्ट्र इंग्ल्यान्डले पहिलो पटक युरोकप फाइनल खेल्न लागेको हो भने इटाली तेस्रो उपाधिको खोजीमा छ। अहिले दुवै टिम उत्कृष्ट लयमा रहेकाले फाइलन खेल रोमाञ्चक हुने अपेक्षा छ ।

प्रतियोगितामा दुवै टिम अपराजित छन्। पहिलो पटक फाइलन पुग्ने क्रममा इंग्ल्यान्डले १ गोल मात्र खाएको छ। यता, शतप्रतिशत जित निकालेको इटालीले फाइनल यात्राका क्रममा तीन गोल मात्र खाएको छ ।

युरोकप उपाधि भीडन्तमा उत्रने दुवै टिम बलिया छन्, त्यो उसको प्रदर्शनले प्रमाणित गरिसकेको छ। अझ इटाली कसैले रोक्नै नसक्ने टिमजस्तो देखिएको छ। रोबर्टो मान्सिनीको प्रशिक्षणमा रहेको इटाली ३३ खेल यता अपराजित छ । इटालीले हार्न बिर्सेको ३ वर्ष भइसकेको छ। त्यसमा उसले २७ जित र ६ बराबरी खेलेको छ।
यता इंग्ल्यान्डले पनि पछिल्ला १७ खेलमा १५ खेल जित्दै आफूलाई बलियो टिमका रुपमा उभ्याएको छ। र, उ १२ खेलयता अपराजित छ।

दुवै टिममा उत्कृष्ट खेलाडीको बाहुल्यता छ । इटालीसँग गोलकिपर जियानलुइजी डोनारुमादेखि जर्जियो चिनिली, लोरेन्जो इन्सिने, फेडेरिको किएसा, जर्जिन्होलगायत खेलाडी छन् भने इंग्ल्यान्डसँग ह्यारी केन, रहिम स्टर्लिङ, केल्भिन फिलिप्स, ज्याक ग्रेलिस, मेसन माउन्टलगायत खेलाडी छन्।

विगतका प्रदर्शनलाई हेर्ने हो भने इटाली बलियो देखिएको छ। यी दुई टिमबीच भएका २७ भीडन्तमा इटालीले ११ खेल जित्दा इंग्ल्यान्डले ८ खेलमात्र जितेको छ । यी दुईबीचका ८ खेल बराबरीमा सकिएको छ। यी दुई बीच भएका पछिल्ला ५ खेलमा भने दुवै समान १ खेल जितेका छन् । ३ खेल भने बराबरीमा सकिएको छ।

१०औं फाइलन खेलिरहेको इटाली तथ्यांकमा पनि इंग्ल्यान्डभन्दा बलियो छ । उसले ठूला प्रतियोगितामा इंग्ल्यान्डसँग अहिलेसम्म हार बेहोर्नु परेको छैन। ठूला प्रतियोगितामा यी दुईबीच भएका ४ भीडन्तमा इटालीले ३ जितेको छ भने एक खेल बराबरी सकिएको छ।

प्रकाशित मिति: ११:२६ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्