Kathmandu Press

प्रधानमन्त्रीद्वारा वीर अस्पतालको सर्जिकल भवन उद्घाटन

काठमाडौं, असार २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको सर्जिकल भवनको उद्घाटन गरेका छन्।आज बिहान महाबौद्धमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर...
प्रधानमन्त्रीद्वारा वीर अस्पतालको सर्जिकल भवन उद्घाटन

काठमाडौं, असार २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको सर्जिकल भवनको उद्घाटन गरेका छन्।

आज बिहान महाबौद्धमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर अस्पतालको सर्जिकल भवनको उद्घाटन गरेका हुन्। यो भवन २०७४ फागुनमा शिलान्यास गरिएको थियो।

प्रधानमन्त्री ओलीले समयमै भवन निर्माण गरेकोमा शर्मा निर्माण कम्पनीलाई धन्यवाद दिए। उनले सबैले समयमै काम सक्नुपर्ने बताए।

यो भवनमा यसअघि नै उपचार गर्न थालिएको थियो। कोरोना संक्रमितको यहाँ उपचार हुँदै आएको छ।

यो भवनमा सेवा दिनका लागि आठ सय ३१ जनाको दरबन्दी स्वीकृत गरिएको छ। अब छिट्टै पदपूर्ति हुने जनाइएको छ।

प्रकाशित मिति: ०८:५९ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्