Kathmandu Press

महोत्तरीमा लुटपाट, लुटेरा र स्थानीयबीच झडप, तीन गम्भीर घाइते

महोत्तरी, असार १९ : लुटेराहरूको समूहले महोत्तरीको बर्दिवासमा लाखौको लुटपाट गरेका छ।

गए राति लुटेराहरूको समूहले क्रमबद्ध रूपमा दुई घरमा लुटपा....

महोत्तरीमा लुटपाट, लुटेरा र स्थानीयबीच झडप, तीन गम्भीर घाइते

महोत्तरी, असार १९ : लुटेराहरूको समूहले महोत्तरीको बर्दिवासमा लाखौको लुटपाट गरेका छ।

गए राति लुटेराहरूको समूहले क्रमबद्ध रूपमा दुई घरमा लुटपात गरेको हो। बर्दिवास नगरपालिका वडा नं ६ र ७ मा पर्ने प्रेमनगरमा १५ लाख बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ।

बर्दिवास–७ का रामसुनर महतो र बर्दिवास–६ का चन्देश्वर महतोको घरमा लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

त्यस्तै सोही क्रममा स्थानीय वडहरिखोलामा गाउँले र लुटेराबीच केहीबेर झडपसमेत भएको छ। झडपमा तीन जना गाउँले घाइते भएका छन्।

गाउँलेले लुटेराको समूहमध्ये एकलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन्। सर्लाहीको चन्द्रपुर नगरपालिकाका ४० वर्षीय देवनारायण कापडलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।

लुटेरासँगको झडपमा घरमुली चन्देश्वर महतो, उनकी पत्नी जेयवतीदेवी र छोरा उमेश घाइते भएका छन्। उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

तीनै जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बढाथोकीले बताए।

 

प्रकाशित मिति: १०:१९ बजे, बिहीबार, असार १९, २०७६