Kathmandu Press

आगामी तीन दिन पनि देशभर वर्षाको सम्भावना

काठमाडौं, असार २७ : आगामी तीन दिन पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष...
आगामी तीन दिन पनि देशभर वर्षाको सम्भावना

काठमाडौं, असार २७ : आगामी तीन दिन पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै देशभर वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले आगामी २४ घण्टा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। पहिरोको जोखिम तथा नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान मौसम बदली रही देशभर वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

सोमबार देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १,  प्रदेश २, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ।

मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:३२ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्