Kathmandu Press

२८ वर्षपछि अर्जेन्टिनाले जित्यो अन्तर्राष्ट्रिय उपाधि

अर्जेन्टिनाले २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको छ।
२८ वर्षपछि अर्जेन्टिनाले जित्यो अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं, असार २७ : अर्जेन्टिनाले २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको छ।

आइतबार बिहान मराकाना रंगशालामा भएको फाइलनमा आयोजक ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जितेको हो। यसअघि सन् १९९३ मा आर्टेमियो फ्रेन्ची ट्रफी जितेको थियो।

अर्जेन्टिनालाई च्याम्पियन बनाउने क्रममा २२औं मिनेटमा एन्जेल डि मारियाले निर्णायक गोल गरे। रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए।

खेलमा ब्राजिलले अर्जेन्टिनालाई अधिकांश समय दबाब राखेको थियो। तर, उसले गोल भने गर्न सकेन।

दोस्रो हाफमा ब्राजिलका रिचार्लिसनले गोल गरेका थिए, तर भारले सो गोललाई अफसाइटड दिएको थियो।

योसँगै स्टार मेसीले पनि करिअरको पहिलो उपाधि जितेका छन्। क्लब फुटबलमा सबै उपाधि जितिसकेका ३४ वर्षीय मेसीले देशका लागि भने पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका हुन्।

सर्वाधिक गोलकर्ता मेसीले प्रतियोगितामा ४ गोल र ५ असिस्ट गरेका छन्। ब्राजिलविरुद्धको फाइलनसँगै उनी अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन्। सन् २००५ मा राष्ट्रिय टिममा डेब्यू गरेका हुने १५१ खेल खेलेका छन्।

प्रकाशित मिति: ०८:१० बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्