Kathmandu Press

प्रचण्डले लिए नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
प्रचण्डले लिए नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं, असार २६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालको सचिवालयले सामाजिक सञ्जालमार्फत त्यसबारे जानकारी दिएको हो ।

‘पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल केही दिनयता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहनुभएको छ,’ नेपालका स्वकीय सचिव मोहन गौतमले भनेका छन्, ‘आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु ।’
 

प्रकाशित मिति: १७:४० बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्