प्रचण्डले भेटे कांग्रेस सभापति देउवा
काठमाडौं, असार २६ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै (शनिबार नै) नेपाली कांग्रेसका सभापति शेरबहादुर...
काठमाडौं, असार २६ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै (शनिबार नै) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटेका छन्।
भेटका लागि प्रचण्ड देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए। दुई नेताबीच विपक्षी गठवन्धन, समसामयिक राजनीति, भावी रणनीतिबारे छलफल गरेको जनाइएको छ।
एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदल सहमतिनजिक पुगेको भनिएका बेला प्रचण्ड भेटवार्ता व्यस्त भएका हुन्।
कार्यदल सहमतिमा पुगेको अवस्थामा एमालेमा एकता भई विपक्षी गठबन्धनमा रहँदै आएका नेपाल समूह अलग हुने सम्भावनालाइृ आँकलन गर्दै नयाँ रणनीति बनाउन प्रचण्ड सक्रिय रहेको बताइएको छ।
प्रकाशित मिति: १६:४७ बजे, शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











