कंग्रेसको अध्यक्षबाट राहुल गान्धीले दिए राजीनामा
काठमाडौं, असार १८ : कंग्रेस आईका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा पार्टीले व्यहोरेको हारको जिम्मेव....
काठमाडौं, असार १८ : कंग्रेस आईका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा पार्टीले व्यहोरेको हारको जिम्मेवारी लिँदै राहुले पदबाट राजीनामा दिएका हुन्।
भारतीय कंग्रेस आईले लोकसभा निर्वाचनमा नमिठो हार व्यहोरेको थियो। राहुलले अरुलाई जवाफदेही बनाउन आफू पहिले जवाफदेही बन्न जरुरी रहेकाले अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।
‘भविश्यमा पार्टीको संगठन विस्तारका लागि जवाफदेहिता महत्वपूर्ण कुरा हो। त्यसैले अध्यक्ष पदबाट राजीनामा दिएको हुँ,’ उनले भनेका छन्। यसअघि लोकसभा निर्वाचनपछि बसेको कंग्रेसको बैठकमा राहुलले राजीनामाको प्रस्ताव गरेका थिए। तर, कंग्रेसका नेताहरूले राजीनामा दिन नहुने बताएपछि उनी आफ्नो अडानबाट पछि हटेका थिए।
राहुल आफै पुर्ख्याैली चुनावी थलो अमेठीमा भारतीय जनता पार्टीकी उपाध्यक्ष स्मृति इरानीसँग पराजित भएका थिए। ५४३ सिटका लागि भएको लोकसभा निर्वाचनमा गान्धीको पार्टीले ५३ सिटमा चुनाव जितेको थियो। यसअघि सन् २०१४ मा भएको निर्वाचनमा कंग्रेसले जम्मा ४४ सिटमा निर्वाचन जितेको थियो।
राहुलका बाबु राजिव गान्धी, हजुरबुबा जवाहरलाल नेहरु र हजुरआमा इन्दिरा गान्धी भारतको प्रधानमन्त्री बनेका थिए। तर, पछिल्लो समय भने कंग्रेसको साख खस्कदै गएको छ।
हेर्नुस् विज्ञप्ति :
.jpg)
.jpg)
.jpg)
.jpg)






