Kathmandu Press

एमाले कार्यदल बैठक आज सिंहदरबारमा बस्दै

काठमाडौं, असार २६ : एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज (शनिबार) पनि बस्दैछ। बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा...
एमाले कार्यदल बैठक आज सिंहदरबारमा बस्दै

काठमाडौं, असार २६ : एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज (शनिबार) पनि बस्दैछ। बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बताइएको छ।

लामो समय निष्क्रिय रहेको कार्यदल गत सोमबारदेखि सक्रिय हुँदै आएको छ । त्यसयता हरेक दिन सो कार्यदलको बैठक हुँदै आएको छ। आजको बैठकले एउटा निश्चित सहमति कायम गरेर ठोस निष्कर्ष निस्कने विश्वास कार्यदलका सदस्यहरूले व्यक्त गरेका छन्।

आजको बैठकमा एमाले पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालसमूहबीच माथिदेखि तल्लो तहसम्म शक्ति सन्तुलन मिलाउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

कार्यदलका सदस्यबीच कुरा मिलिसके पनि अध्यक्ष ओली र नेता नेपालबीच केही विषयमा अडान कायम राखिरहेकाले सहमतिले मूर्त रूप लिन नसकिरहेको बताइएको छ।

प्रतिनिधिसिभा पुनःस्थापना हुनुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा दिइएको रिटमा एमाले नेपाल समूहका २३ सांसदले गरेको  हस्ताक्षरबारे पनि दुई नेताबीच सहमति हुन बाँकी छ।

नेपाल समूहले हस्ताक्षर फिर्ता नलिने, बरु अदालतको फैसला आएपछि साझा धारणा बनाउने गरी सहमति खोज्नुपर्ने अडान राखेको छ भने ओली समूहले फिर्ता हुनैपर्नेमा जोड दिँदै आएका छन्।

नेता नेपालले २३ फागुनयता गरिएका सबै निर्णय खारेज हुनुपर्ने अडान राखिरँदा अध्यक्ष ओली सार्वजनिक गरिसकिएको महाधिवेशन तालिका फिर्ता हुन नसक्ने अडानमा रहेको बुझिएको छ।

नेपाल समूहले शक्ति सन्तुलनका लागि आफ्नो समूहका केही नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने माग राखेकोमा कार्यदलमा लगभग सहमतिमा पुगिसेको जनाइएको छ।

विभिन्न अडानका बाबजुद कार्यदलका सदस्यहरू मात्रै नभएर अध्यक्ष ओली र नेता नेपाल सहमतिको बिन्दुनजिकै पुगिसकेको जनाइएको छ। 

प्रकाशित मिति: १३:३९ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्