त्रिशूली अस्पतालमा भेटियो कोरोनाको डेल्टा प्लस भेरियन्टबाट संक्रमित
काठमाडौं, असार २६ : नेपालमा नयाँ भेयिन्ट डेल्टा प्लसको संक्रमित भेटिएका छन्। त्रिशुली अस्पतालको पिसिआर प्रयोगशालामा आएका बिरामीमा उक्त भेरियन्ट देखिएको जनाइएको छ।पहिला...
काठमाडौं, असार २६ : नेपालमा कोरोनाको नयाँ भेयिन्ट डेल्टा प्लसको संक्रमित भेटिएका छन्। त्रिशुली अस्पतालको पिसिआर प्रयोगशालामा आएका बिरामीमा उक्त भेरियन्ट देखिएको जनाइएको छ।
पहिला लहरको तुलनामा निकै बढी खतरनाक मानिएको र दोस्रो लहमा भारतलगायत देरै देशमा देखिएको नयाँ भेरियण्ट डेल्टा प्लस कोरोना महामारीको तेस्रो लहरको कारक बन्न सक्ने भन्दै विज्ञहरूले सचेत गराउँदै आएका छन्।
त्रिशुली अस्पतालमा संकलित चार जनाको स्वाब नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ल्याइएको थियो। सोही प्रयोगशालामार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणबाट डेल्टा भेरियण्ट पुष्टि भएको त्रिशुली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा दीपेन्द्र पाण्डेले बताएका छन्।
डा. दीपेन्द्रले प्रेस विज्ञप्ति नै जारी गरेर चार नमूनामध्ये तीन वटामा डेल्टा (बी.६१७.२) र एउटामा डेल्टा प्लस (बी.१६७.२के४१७एन) प्रमाणित भएको बताएका छन्।
डेल्टा प्लस अन्य भेरियण्टभन्दा ६० देखि शतप्रतिशतसम्म बढी संक्रामक र हानिकारक रहेको अनुसन्धानले पुष्टि गगरिसकेको छ।
यसले सबै उमेर समूहकालाई उच्च संक्रमण गर्न र फोक्सोमा बढी असर पार्न सक्ने विशेषज्ञहरु बताउँछन्।











