प्रधानमन्त्री ओली हेलम्बुमा, मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण गर्ने

काठमाडौं, असार २६ : प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका छन्।
प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नेछन्। प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै छन्।
उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन्। मनसुन सुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो।
प्रकाशित मिति: १२:०८ बजे, शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











