सुर्खेतमा असार मसान्तसम्म थपियो निषेधाज्ञा
सुर्खेत, असार २६ : कोरोना भाइरसको नियन्त्रणका लागि सुर्खेतमा असार मसान्तसम्म निषेधाज्ञा थपिएको छ।सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले असार ३१ गते राति...
सुर्खेत, असार २६ : कोरोना भाइरसको नियन्त्रणका लागि सुर्खेतमा असार मसान्तसम्म निषेधाज्ञा थपिएको छ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले असार ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थपिएको बताए। कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा कायमै राखिएको उनको भनाइ छ।
निषेधाज्ञा थपिए पनि केही खुकुलो पारिएको छ। अत्यावश्यक उपभोग्य वस्तुहरु बिहान ६ देखि साँझ ६ बजेसम्म खरिदबिक्री गर्न पाइने भएको छ। खाद्यान्न लगायत दैनिक उपभोग्य बस्नुका पसल बिहान ९ देखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ।
त्यस्तै, होटल, रेस्टुरेन्ट पनि खुल्ने भएका छन्। क्षमताको ५० प्रतिशत मात्रै सञ्चालन गर्न दिइएको छ।
कोरोना नियन्त्रणका लागि सुर्खेतमा गत वैशाख १४ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो। फेरि संक्रमित बढ्न थालेपछि निषेधाज्ञा लम्ब्याइएको हो।
प्रकाशित मिति: ०८:१२ बजे, शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











