Kathmandu Press

सहमितलाई अन्तिम रुप दिन एमाले कार्यदल बैठक बस्दै

काठमाडौं, असार २६ : नेकपा (एमाले)को विवाद मिलाउन गठिन कार्यदलको बैठक आज पनि बस्न लागेको छ।शुक्रबार बसेको बैठकमा सहमति नजिक पुगेको र त्यसलाई...
सहमितलाई अन्तिम रुप दिन एमाले कार्यदल बैठक बस्दै

काठमाडौं, असार २६ : नेकपा (एमाले)को विवाद मिलाउन गठिन कार्यदलको बैठक आज पनि बस्न लागेको छ।

शुक्रबार बसेको बैठकमा सहमति नजिक पुगेको र त्यसलाई आज अन्तिम रुप दिइने नेताहरुले बताएका छन्। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेर आज सहमितलाई अन्तिम रुप दिइने जनाइएको छ।

शुक्रबार अर्थ मन्त्रालयमा सात घण्टा बैठक बसेको थियो। त्यसमा दुवै पक्ष सहमति नजिक पुगेको जनाइएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै दुवै पक्षका नेताहरुले छिट्टै सहमति बन्ने बनाएका थिए। एमाले नेता प्रदीप ज्ञवालीले आज बस्ने बैठकले सहमितलाई अन्तिम रुप दिने बताए। उनका अनुसार अब केही बुँदामा भाषा मिलाउने काम बाँकी छ।

कार्यदलका सदस्यहरु डेढ सातादेखि छलफलमा छन्। उनीहरुले पार्टी एकता जोगाउन दुवै पक्ष एकमत रहेको पनि जनाएका छन्।

एमाले कार्यदलमा ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल पक्षबाट भीम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन्।

अन्य विषयमा सहमति नजिक पुगे पनि सर्वोच्च अदालतमा बुझाएका हस्ताक्षरका विषयमा भने सहमति बन्न सकेको छैन। ओलीले हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिएको छ।

नेपालले भने अदालतमा पुगेको विषयमा प्रभाव पार्नु नहुने बताएका छन्। उनले हस्ताक्षर फिर्ता नहुने अडान लिएका छन्। यसैमा एमाले कार्यदलले सहमति जुटाउन सकेको छैन।

प्रकाशित मिति: ०७:५३ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्