कार्यदलको बैठक सहमति नजिक पुगेको ओली निकट नेताको दाबी
काठमाडौं, असार २४ : नेकपा एमाले कार्यदलको बैठक सहमति नजिक पुगेको दाबी गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता...
काठमाडौं, असार २४ : नेकपा एमाले कार्यदलको बैठक सहमति नजिक पुगेको दाबी गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलको आज बसेको बैठकमा लगभग सहमति नजिक पुगेको दाबी नेताहरुले गरेका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीजिकटका नेता प्रदीप ज्ञवालीले धेरै विषय सहमति नजिक पुगेको र केही भाषा मिलाउन बाँकी रहेकाले भोलि पुनः बस्ने बताए । नेकपा एमालेमा एकताका लागि कार्यदलले लगभग सहमति जुटाएको छ ।
भाषिक लगायतका केही परिर्माजन गरेपछि भोलि शनिबार सहमतिलाई अन्तिम रुप दिइने कार्यदलका सदस्य प्रदीप ज्ञवालीले जानकारी गराए । कार्यदलको आजको बैठक हामीले निकै लामो, निकै सौहार्द र सघन छलफलमा विताएका छौं । झण्डै झण्डै ७ घण्टा व्यतित गरेका छौं र बैठकबाट हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं’ ज्ञवालीले भने ।
सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन हामी बस्नुपर्ने भएका कारणले भोलिसम्मका हामीले बैठक स्थगित गरेको उनले जनाए । अदालतबाट प्रतिनिधि सभा सम्बन्धी बहस जारी रहेकै बेला अदालतबाट आउने निर्णयलाई प्रभावित पार्ने गरी ओली निकट नेताहरुले कार्यदलमा सहमति भएको दाबी गर्दै आएका छन् ।











