Kathmandu Press

खेलाडीको उपचारका लागि ट्रमा सेन्टरसँग राखेपको सम्झौता

काठमाडौं, असार २४ : खेलाडीहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय ट्रमा सेन्टरसँग सम्झौता गरेको छ।नेपाल खेलकुद महासंघ (नेकोस)...
खेलाडीको उपचारका लागि ट्रमा सेन्टरसँग राखेपको सम्झौता

काठमाडौं, असार २४ : खेलाडीहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय ट्रमा सेन्टरसँग सम्झौता गरेको छ।

नेपाल खेलकुद महासंघ (नेकोस) को विशेष पहलमा खेलाडी उपचारमा सहयोग पुर्‍याउने उद्देश्यसहित राखेपले ट्रमा सेन्टरसँग सम्झौता भएको हो । शुक्रबार एक कार्यक्रमबीच राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल र ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार ट्रमा सेन्टरले खेलाडीका लागि २४ सै घण्टा इमर्जेन्स, रक्तसंचार, फार्मेसी,  रेडियोलोजी-इमेजिङ सेवा, प्याथोलोजी ल्याब, शल्यक्रिया सेवालगयात सेवा प्रदान गर्ने छ ।

यस्तै, अर्थोपेडिक तथा ट्रमा सर्जरी (हाडजोर्नी, स्पाइनल, जोर्नी प्रत्यारोपण, स्पोर्ट्स इन्जुरी तथा आर्थोस्कोपी सर्जरी लगायतका सेवा), न्युरो सर्जरी (बहिरङ/अन्तरङ), इएनटी (बहिरङ/अन्तरङ सेवा), वर्न प्लाष्टिक, जनरल सर्जरी, ओरल एन्ड मेक्जिलो फेसियल, भास्कुलर सर्जरी  (अन्तरङ सेवा), सघन उपचार सेवा र फिजियो थेरापी लगायत सेवा पनि ट्रमा सेन्टरले खेलाडीलाई उपलब्ध गराउने छ ।

सेन्टरले प्रवाह गर्ने ३ किसिमका कडा रोग हेड इन्जुरी, स्पाइनल इन्जुरी र शल्यक्रिया गर्नु पर्ने बोन क्यान्सर का विरामीहरुको स्वास्थ्य उपचार सेवा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विपन्न नागरिक औषधोपचार निर्देशिका बमोजिम सेन्टरले गर्ने छ । सदस्य–सचिव सिलवालले सम्झौता सम्भव गर्न सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै खेलाडीलाई उपचार सुविधा प्रदान गर्न सहमत भएकोमा सेन्टरलाई धन्यवाद दिए ।

डा. पौडेलले राष्ट्रका लागि योगदान गर्ने खेलाडीलाई विशेष महत्व दिनु पर्छ भन्ने मान्यताका साथ सम्झौता गरेको बताए । कार्यक्रममा राखेपका सदस्यत्रय एकेन्द्र कुँवर, सुभाष श्रेष्ठ र इन्दिरा निरौला, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपाली, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: १९:३२ बजे, शुक्रबार, असार २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्