अमेरिकाले एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप अर्को साता नेपाल पठाउने
काठमाडौं, असार २५ : अमेरिकाले एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्धको १५ लाख डोज खोप आगामी साता नेपाल पठाउने...
काठमाडौं, असार २५ : अमेरिकाले एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्धको १५ लाख डोज खोप आगामी साता नेपाल पठाउने भएको छ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबारसम्ममा अमेरिकाले नेपाललाई उपब्ध गराउने उक्त खोप नेपाल आइपुग्ने जनाएको छ।
सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको छ।
त्यसअनुसार ८ लाख डोज खोप शुक्रबार मात्र काठमाडौं ल्याइएको छ। ८ साउनभित्र २० लाख आइसक्नेछ ।
प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











