जसपा अध्यक्ष ठाकुर निकटस्थ समूहले निर्वाचन आयोगमा दर्ता गरायो राजपा
जसपा अध्यक्ष महन्थ ठाकुर निकटस्थ समूहले राष्ट्रिय जनता पार्टी (राजपा) नाममा नयाँ दल दर्ता गराएको छ।
काठमाडौं, असार १५ : जसपा अध्यक्ष महन्थ ठाकुर निकटस्थ समूहले राष्ट्रिय जनता पार्टी (राजपा) नाममा नयाँ दल दर्ता गराएको छ।
तत्कालीन राजपा र संघीय समाजवादी पार्टी एकीकरण भई जसपा आयोगमा दर्ता भएको तीन सय ६६ औँ दिनमा राजपा नाममा अर्को दल दर्ता भएको हो।
स्रोतका अनुसार उक्त पार्टीले आयोगमा १५ सय ४८ दर्ता नम्बर पाएको छ।
नयाँ पार्टीमा धनुषाका हरिनारायण यादव अध्यक्ष छन्। केन्द्रीय कमिटी २१ सदस्यीय छ । यादव जसपा अध्यक्ष ठाकुरसँग निकट रहेको स्रोतको दाबी छ।
कुनै पार्टी एकीकरण भएर निश्क्रिय बनेको एक वर्षसम्म सोही नाममा दल दर्ता गर्न नपाइने कानूनी प्रावधान छ। वर्षदिन कटेपछि राजपा नाममै दल दर्ता भएको हो।
तत्कालीन राजपाको चुनाव चिह्न छाता जसपाले पाइसकेको छ । सोही कारण नयाँ दलले ‘पञ्जा’ चुनाव चिह्न दाबी गरेको छ।
राजपा नाममा नयाँ दल दर्ता गराएको यादवले पुष्टि गरे । ‘१५ सय ४८ दर्ता नम्बर पाएका छौँ,’ उनले भने।











