उपत्यकामा ३८० जनामा संक्रमण, धेरै संक्रमित वाग्मतीमा, नौ जिल्लामा ५०० बढी
काठमाडौं, असार २५ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ८० जनामा संक्रमण पुष्टि भएएको छ।तीमध्ये काठमाडौँ जिल्लामा सबैभन्दा बढी २ सय...
काठमाडौं, असार २५ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ८० जनामा संक्रमण पुष्टि भएएको छ।
तीमध्ये काठमाडौँ जिल्लामा सबैभन्दा बढी २ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुरमा ७४ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन्।
प्रदेश १ मा ४ सय ११ जना, प्रदेश २ मा ४० जना, बागमती प्रदेशमा ७ सय, गण्डकीमा १ सय ७४, लुम्बिनीमा ९० कर्णालीमा ५९ र सुदूरपश्चिममा आठजना संक्रमित थपिएका छन्।
५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र कास्की रहेका छन्।
प्रकाशित मिति: १६:५२ बजे, शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











