२२३९ संक्रमित थपिँदा १३१६ जना संक्रमणमुक्त, २० को मृत्यु
सो अवधिमा ६ हजार ६ सय ५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ६० संक्रमण देखिएको हो।
काठमाडौं, असार २५ : पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्।
सो अवधिमा ६ हजार ६ सय ५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ६० संक्रमण देखिएको हो।
सोही अवधिमा १ हजार ३ सय १६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म ६ लाख १६ हजार ९ सय २९ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९४.५ प्रतिशत छ।
हाल २३ हजार ९२० जना होम आइसोलेसनमा, २ हजार ६ सय ७० जना संस्थागत आइसोलेसनमा, ५ सय ३९ जना आईसीयूमा र १ सय६६ जना भेन्टिलेटरमा रहेका छन् ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ। हालसम्म ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालमा हालसम्म ४ लाख ६० हजार ७३४ जनाले कोभिसिल्ड खोपको दुई डोज लगाइसकेका छन् भने ५ लाख ३ हजार ७ सय ७४ जनाले भेरोसेल खोपको दुवै डोज लगाएका छन्। दुवै डोज खोप लगाउनेको संख्या ९ लाख ६४ हजार ५ सय ८ पुगेको छ।











