सप्तरीमा दुई पक्षबीच कुटपिट हुँदा एकजनाको मृत्यु

सप्तरी, असार २५ : सप्तरीको खडक नगरपालिकामा दुई पक्षबीच कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ।
खडक नगरपालिका–९ लालपट्टी टोलमा वैदेशिक रोजगारीमा जानेका परिवार र पठाइदिनेबीच कुटपिट भएको प्रहरीले जनाएको छ।
कुटपिटबाट स्थानीय ५८ वर्षीय दाउद मियाँको मृत्यु भएको हो। टाउकोमा चोट लागेर घाइते भएको उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
राजविराज नगरपालिका–९ जगदरीका एजेन्ट सनाउल मामाघर लालपट्टी पुगेको बेला विदेश जानेले राम्रो काम नपाएको भन्दै परिवारले घेरेपछि सुरु भएको विवाद बढेर कुटपिटमा पुगेको जनाइएको छ। कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १५:४६ बजे, शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)