लोकसेवाले मागेको ९ हजार पदका लागि साढे चार लाखले दिए आवेदन
काठमाडौं, असार १८ : लोकसेवा आयोगले स्थानीय तहका लागि विभिन्न पदका लागि खुलाएको विज्ञापनमा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन्।
मं....

काठमाडौं, असार १८ : लोकसेवा आयोगले स्थानीय तहका लागि विभिन्न पदका लागि खुलाएको विज्ञापनमा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन्।
मंगलबार अन्तिम फाराम भर्ने समय सिमासम्म चार लाख ४१ हजार १४१ जनाले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए।
उनका अनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख तीन हजार ५६७, जनजाति ४३ हजार ३२६, मधेसी २४ हजार ९०, दलित तीन हजार ९१ र अपाङ्ग १४६ र पिछडिएका ११६ ले आवेदन दिएका छन्।
आयोगले गत जेठ १५ गते ५१५ स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै विज्ञापन खुलाएको थियो। आवेदनबाट १४ करोड चार लाख ११ हजार १५० राजश्व संकलन भएको प्रवक्ता शर्माले जानकारी दिए।
आयोगले स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउनको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ। सर्वोच्च अदालतले गत सोमबार विज्ञापनसम्बन्धी परेको रिटमा सुनवाइ गर्दै आयोगलाई परीक्षा सञ्चालन गर्न आदेश दिएको थियो।











