यू–२३ एसिया कप छनोटमा नेपाल समूह बीमा
काठमाडाैं, असार २५ : यू-२३ एसिया कप छनोटको तालिका सर्वाजनिक भएकाे छ। एसियन फुटबल कन्फेडेरेसन शुक्रबार सर्वाजनिक गरेको तालिकामा नेपाल समूह बीमा परेको...
काठमाडाैं, असार २५ : यू-२३ एसिया कप छनोटको तालिका सर्वाजनिक भएकाे छ। एसियन फुटबल कन्फेडेरेसन शुक्रबार सर्वाजनिक गरेको तालिकामा नेपाल समूह बीमा परेको छ।
यू-२३ छनोटमा सहभागी ४२ देशलाई ११ समूहमा विभाजन गरिएको छ। प्रतियोगिताका छनोट चरणका खेल २३ अक्टोबरदेखि ३१सम्म हुनेछ ।
समूह बीमा नेपालसँगै लेबनान, इरान र ताजकिस्तान छन् । समूह बीका छनोट खेल ताजकिस्तानमा आयोजना हुने छ । छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कप खेल्नेछन्।
सन् २०२२ मा हुने यू-२३ एसिया कप उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











