Kathmandu Press

आफैंले चलाएको कार दुर्घटना हुँदा एमाले बिर्तामोड नगर अध्यक्षको मृत्यु

झापा, असार २५ : आफैँले चलाएको कार दुर्घटनामा हुँदा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईंको मृत्यु भएको छ। आज (शुक्रबार) अपराह्न भएको...
आफैंले चलाएको कार दुर्घटना हुँदा एमाले बिर्तामोड नगर अध्यक्षको मृत्यु

झापा, असार २५ : आफैँले चलाएको कार दुर्घटनामा हुँदा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईंको मृत्यु भएको छ। आज (शुक्रबार) अपराह्न भएको दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

झापाको चारआली चन्द्रगढी सडकखण्ड अन्तर्गत देवकोटा चोकमा उनले चलाएको बा१६च ८१८२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारको लागि उनलाई मेची अञ्चल भद्रपुरमा लगिएको थियो । तर अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १३:१७ बजे, शुक्रबार, असार २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्