Kathmandu Press

एमालेमा गएका नेताहरू माओवादी केन्द्र खारेजको निवेदनबारे बुझ्न निर्वाचन आयोगमा

काठमाडौं, असार २५ : माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका नेताहरु निर्वाचन आयोग पुगेका छन्। आफूहरुले माआवादी केन्द्र खारेजीको माग गर्दै दर्ता गराएको...
एमालेमा गएका नेताहरू माओवादी केन्द्र खारेजको निवेदनबारे बुझ्न निर्वाचन आयोगमा

काठमाडौं, असार २५ : माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका नेताहरु निर्वाचन आयोग पुगेका छन्। आफूहरुले माआवादी केन्द्र खारेजीको माग गर्दै दर्ता गराएको निवेदनबारे जानकारी लिन र छलफल गर्न उनीहरू निर्वाचन आयोग पुगेका हुन्।  

पूर्वमाओवादी केन्द्रका नेताहरू टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह र गौरिशंकर चौधरी आयोग पुगिसकेका छन् भने रामबहादुर थापा ‘बादल’ आइपुग्न बाँकी छ।। बादल आइपुग्नेबित्तिकै छलफल थालिने जनाइएको छ। 

माओवादी केन्द्रले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजी गर्नुपर्ने मागसहित उनीहरूले निवेदन दिएका थिए। संविधानतः सो पार्टीले दलीय हैसियत कायम हुन नसक्ने दाबी उनीहरूले गर्दै आएका छन्।

आफूहरूले दर्ता गराएको निवेदनउपर आयोगले केकसरी कारबाही गरिरहेको छ भनी जानकारी लिन र पदाधिकारीहरूसँग त्यसबारे छलफल गर्न आफूहरू आयोग आएको एक नेताले बताए। 

प्रकाशित मिति: १२:३७ बजे, शुक्रबार, असार २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्