Kathmandu Press

आज पनि चार प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौं, असार २५ : आज पनि चार वटा प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी वायुको प्रभावले अहिले देशभर...
आज पनि चार प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौं, असार २५ : आज पनि चार वटा प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

मनसुनी वायुको प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको विभागले जनाएको छ। विगभाको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती प्रदेशका केही स्थानमा मध्यम र केही स्थानमा भीषण वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ। प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ। 

प्रकाशित मिति: ०६:३७ बजे, शुक्रबार, असार २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्