Kathmandu Press

बिना निश्कर्ष टुंगियो एमाले कार्यदलको बैठक, भोलि फेरि बस्ने 

काठमाडौ, असार २४ : एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक बिना निश्कर्ष टुंगिएको छ ।आन्तरिक छलफलका लागि भन्दै आज दिउँसो स्थगित...
बिना निश्कर्ष टुंगियो एमाले कार्यदलको बैठक, भोलि फेरि बस्ने 

काठमाडौ, असार २४ : एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक बिना निश्कर्ष टुंगिएको छ ।

आन्तरिक छलफलका लागि भन्दै आज दिउँसो स्थगित भएको बैठक ‘अन्तिम टुंगो’ लगाउँदै भन्दै केहीबेर अघि शुरु भएको बैठक भोली बस्नेगरी बिना निश्कर्ष टुंगिएको हो ।  

आजको बैठकमा कार्यदलका सदस्य विष्णु पौडलबाहेक कार्यदलका अन्य सबै नेता सहभागी थिए। सिंहदरबारमा बिहीबार दिउँसो बसेको बैठकमा विवादित बिषयमा समाधान खोज्न सकारात्मक छलफल भएको र आजै टुङ्गिने विश्वास नेताहरुले गरेका थिए ।

त्यस्तै एमालेको माधव नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले छलफल सहमतिको विन्दुमा पुगेको बताएपनि खासै प्रगती भने हुन नसकेको बुझिएको छ । 

प्रकाशित मिति: २०:४५ बजे, बिहीबार, असार २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्