ब्राजिलियन फरवार्ड जेससले अर्जेन्टिनाविरुद्धको फाइनल खेल गुमाउने
काठमाडौं, असार २४ : ब्राजिलियन फरवार्ड गाब्रियल जेससले कोपा अमेरिका २०२१ को फाइनल खेल गुमाउने भएका छन् ।दक्षिण अमेरिकी फुटबल महासंघले दुई खेल...
काठमाडौं, असार २४ : ब्राजिलियन फरवार्ड गाब्रियल जेससले कोपा अमेरिका २०२१ को फाइनल खेल गुमाउने भएका छन् ।
दक्षिण अमेरिकी फुटबल महासंघले दुई खेल प्रतिबन्ध लगाउने निर्णय गरेसँगै जेससले अर्जेन्टिनाविरुद्धको फाइनल गुमाउने भएका हुन्।
चिलीविरुद्धको क्वार्टरफाइनलको खेलमा रातो कार्ड पाएका जेससले चिलीका एउगेनियो मेनाको मुखमा खुट्टाले प्रहार गरेपछि जेससले सिधा रातो कार्ड पाउँदैं पेरूविरुद्धको सेमिफाइनल खेल स्वतः गुमाएका थिए।
पेरुविरुद्धको सेमिफाइनल खेलपछि फुटबल महासंघले जेससमाथि दुई खेलको प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ब्राजिल र अर्जेन्टिनाबीच कोपा अमेरिका २०२१ को उपाधिका लागि आगामी आइतबार विहान प्रतिस्पर्धा हुँदैछ।
प्रकाशित मिति: १९:१२ बजे, बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











